शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट
गलकोट- नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ। आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो। सोमबारदेखि लागेको आगो मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए। आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी...