November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले दिए सामूहिक राजिनामा

7.7K

काठमाडौं – राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

 उनीहरूले २०७८ साल वैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन् । 

क्याप्टेन रामेश्वर थापाको प्रकाशनमा प्रकाशित हुँदै आएको उक्त प्रकाशन गृहका पत्रकार एक पत्र लेख्दै सामुहिक राजीनामा दिएका हुन्।

Advertisement

लामो समयदेखि सेवा सुविधा नदिएको भन्दै अन्नपूर्णले पत्रकारहरू यसअघिदेखि नै आन्दोलित थिए।

कोभिडका कारण आधा तलब दिएको संस्थाले पुसबाट कार्यालयमा नै बोलाएर काम गराएपनि पत्रकारहरूलाई पूरा तलब नदिएको एक पत्रकारले जानकारी दिए।