April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा गजेन्द्रकुमार ठाकुरलाई

२०७७ फाल्गुन २४

5.3K

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सहसचिव ठाकुरलाई यो जिम्मेवारी दिएको हो।

ठाकुर यसअघि विभागको उपमहानिर्देशक भइसकेका छन्। त्यहाँबाट उनको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भएको थियो। ठाकुर विमानस्थलबाट मध्यमस्तरीय करदाता कार्यालय पुगेका थिए।

त्यहाँ करिब एक वर्ष बसेपछि उनको सरुवा आन्तरिक राजस्व विभागमा भएको थियो। आन्तरिक राजस्व विभागमा झक्कप्रसाद आचार्यलाई महानिर्देशक बनाइएपछि ठाकुरको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको थियो।

Advertisement

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको विभागमा यसअघि सहसचिव रूपनारायण भट्टराई महानिर्देशक थिए।