April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिलौटी टाइमस डट कमको प्रधान सम्पादकमा अमित थेबे

२०७७ फाल्गुन १६

4.4K

लण्डन – लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेबे सिलौटी टाइम्स मिडिया हाउस प्रा. लिद्धारा सञ्चालित सिलौटी टाइमस डट कमको प्रधान सम्पादकमा नियुक्त भएका छन् ।

थेबेलाई पत्रकारितामा दोहोरो जिम्मेवारी प्राप्त भएको छ । लामो समयदेखि स्वतन्त्र पत्रिकारिता गर्दैआएका थेबेलाई सिलौटी टाइम्स मिडिया हाउस प्रा. लि. ले आफ्नो सिलौटी टाइम्स डट कमको प्रधान सम्पादकको जिम्मेवारीमा अनुवन्ध गरेको हो ।

युरोपबाट सञ्चालित अनलाइन खबरपत्रहरुमा सिलौटी टाइम्स छोटो समयमै धेरै पाठकहरुहरुमाझ पुग्न सफल बनेको छ । नेपाल सरकारको सञ्चार मन्त्रालय अन्तर्गतको सूचना विभागमा सूचिकृत भइसकेको सिलौटी टाइम्स डट कम प्रेस काउन्सिल नेपालमा समेत दर्ता भइसकेको छ भने राष्ट्रिय समाचार समिति (रासस) को समेत ग्राहक सदस्यता लिइसकेको छ ।

Advertisement

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले पनि आफ्नो मुखपत्र आदिवासी आवाज को सम्पादनका लागि पत्रकार थेबेलाई अनुवन्ध गरेको छ । नेफिन यूकेले आगामी पाँचौं अधिवेशनमा आफ्नो मुखपत्र विमोचन गर्ने लक्ष लिएको छ ।

लेखन, अध्ययन र साहित्यमा विशेष रुची राख्ने थेबे विश्व साहित्य महासंघ साउथ शाखा यकेका सचिव पनि हुन् । उनी प्रायः आदिवासी र अल्पसंख्यक समुदायको साँस्कृतिक पहिचानका लागि प्रखर मानिन्छन् ।