November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला

3.1K

कैलाली – कैलालीमा मोहना नदी तर्ने क्रममा बेपत्ता भएका भारतीय नागरिकको शव फेला परेको छ।

टीकापुर नगरपालिका–१ खक्रौलामा मोहना नदी तरेर नेपाल आउने क्रममा बेपत्ता भएका भारतको लखिमपुर खिरीका १८ वर्षीय सैवाजरिवास खानको शव फेला परेको  हो।

आइतबार बिहान ७ बजे नदि तरेर नेपाल आउनेक्रममा उनी बेपत्ता भएका थिए।

Advertisement

बेपत्तापछि उनको खोजी गर्दा भारततर्फको नदिको भागमा भारतीय प्रहरीले उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।