गाउँपालिका अध्यक्षको सक्रियतामा अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर ह्वील चियर हस्तान्तरण
साकेला । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अपाङ्गताका कारण पीडित भएकी एक बालिकालाई घरमै पुगेर ह्वील चियर प्रदान गरेका छन् । शुक्रबार अध्यक्ष राईले साकेला गाउँपालिका–२ रतन्छा रुम्बुलाको सात वर्षिय सृष्टि राईलाई घरैमा पुगेर ह्वील चियर हस्तान्तरण गरेका हुन् । यसअघि अध्यक्ष राईले आफ्नो जन्मदिनको अवसर पारेर गत माघ २४ गते बुधबार साकेला गाउँपालिका २...