भारतमा एकै दिन ६१ सयभन्दा बढी संक्रमितको मृत्यु
काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ। दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ९३ हजार ८९६ जना...