November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

१२ वर्षभन्दा कम उमेरका बालबालिकामा फाइजर खोप परीक्षणको तयारी

2.5K

काठमाडौं– अमेरिकी खोप कम्पनी फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना विरुद्धको खोप परीक्षण गर्ने भएको छ।

फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गर्न लागेको समाचारहरुमा उल्लेख छ। 

यसअघि फाइजरको खोपले अमेरिका, क्यानडा र युरोपियन युनियनमा १२ वर्षभन्दा माथिको व्यक्तिमा आपत्कालीन प्रयोगको अनुमति पाइसकेको छ।

Advertisement

अब फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यसको प्रभाव थाहा पाउन परीक्षण गर्न लागेको हो। पहलो चरणमा ४५ सय बालबालिकामा परीक्षणको तयारी गरिएको कम्पनीले जनाएको छ।

फाइजरले अमेरिका, फिनल्यान्ड, पोल्याण्ड र स्पेनका ९० भन्दा बढी क्लिनिकहरूमा परीक्षणको तयारी गरेको जनाएको छ।

फाइजरले सुरक्षा र सहनशीलताको आधारमा ५ देखि ११ वर्षसम्मका बालबालिकामा १० माइक्रोग्राम डोज र ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि ३ माइक्रोग्राम डोजको खोप लगाउने तयारी गरेका छ।