काठमाडौं – कोरोनाभाइरस संक्रमणको जोखिम हुने भन्दै अमेरिकाले नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ ।
काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम हुने भन्दै अमेरिकाले नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ ।
जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई भ्याक्सिनको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । ६४ वटा देशमा भ्याक्सिन लगाएरै यात्रा गर्न सकिने भनिएको छ । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो ।
नेपालसहित दक्षिण एसियाका अन्य मुलुक, ल्याटिन अमेरिकी तथा अफ्रिकाका कैंयन मुलुक भ्रमण गर्न नहुने सूचीमा छन् ।