April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पुणेमा केमिकल कारखानामा आगलागी हुँदा १८ मजदुरको मृत्यु

1.8K

काठमाडौं– भारतको महाराष्ट्र राज्यको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ।

गत राति भएको आगलागीमा परी अझै केही मजदुर हराइरहेका बीबीसीले जनाएको छ। आगलागीको समयमा कारखानामा ३७ मजदुर काम गरिरहेको समाचारमा उल्लेख छ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागले बताएको छ। आगलागीको कारण र क्षतिको विवरण अझै थाहा हुन नसेको समाचारमा उल्लेख छ।

Advertisement

यसैबीच, भारत सरकारले आगलागीमा परी ज्यन गुमाउने मजदुरका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।