भारतमा विषाक्त मदिरा सेवनबाट २२ को मृत्यु
काठमाडौं– भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट कम्तीमा २२ जनाको ज्यान गएको छ। प्रदेशको अलिगार्च जिल्लामा विषाक्त मदिरा सेवनबाट ती मानिसको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्। उक्त क्षेत्र उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ४१६ किलोमिटर टाढा रहेको छ। विषाक्त रक्सी सेवनबाट यहाँका २२ जनाको ज्यान गएको र अरु केही अस्पताल भर्ना भएको यस क्षेत्रका एक प्रशासकीय...