भारतमा घट्दै कोरोना संक्रमण
काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६२ हजार ५९७ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख...