April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विपन्न राष्ट्रलाई एक अर्ब डोज खोप उपलब्ध गराउने जी ७ राष्ट्रको घोषणा

2.5K

काठमाडौं– जी ७ समूहका देशहरु विपन्न राष्ट्रका लागि कोरोना बिरुद्धको खोप उपलब्ध गराउन सहमत भएका छन्।

खोपमा सहज पहुँचका लागि समृद्ध राष्ट्रले आगामी वर्षभित्र एक अर्ब खोप अनुदान दिन सहमत भएको बैठक समापनको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताए।

आगामी वर्षभित्र कोरोना बिरुद्धको खोपबाट कोही बञ्चित नरहने लक्ष्यसहित खोप उपलब्ध गराउन लागेको उनको भनाइ थियो।
विश्वलाई खोप उपलब्ध गराउने निर्णयले जी ७ को लोकतान्त्रिक मूल्य मान्यता दर्शाएकोसमेत उनको भनाइ थियो।

Advertisement

जी ७ बाट अनुदानमा उपलब्ध गराइने खोप प्रत्यक्षरुपमा प्रभाबित राष्ट्रलाई वा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत वितरण गरिने पनि उनको भनाइ थियो।