November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु

2.4K

काबुल (एएनआइ)- अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार  काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।

यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ ।

Advertisement

यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।