April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुशान्त सिंह राजपूत मृत्युको गाँठो एक वर्षसम्म पनि किन सुल्झिएन?

2.7K

काठमाडौं– पाँच जाँच एजेन्सीहरु बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको पहेली सुल्झाउनको लागि कोशिश गरिरहेका छन् तर उनीहरुलाई अहिलेसम्म यसमा सफलता मिलेको छैन। 

३४ वर्षीय सुशान्त सिंह राजपूतको मृत्यू एक वर्ष अघि आजकै दिन भएको थियो। उनी १४ जुन २०२० मा मुम्बइस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए। 

शुरुआतमा उनले आत्महत्या गरेको बताइएको थियो। तरपछि हरेक दिन उनको मृत्यु प्रकण पेचिलो बन्दै गयो। 
मुम्बइ प्रहरी, बिहार प्रहरी, केन्द्रीय अन्वेषण ब्यूरो(सीबीआई), नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी) र प्रवर्तन निदेशालय(ईडी) यी पाँच एजेन्सीले अहिलेसम्म सुशान्तको मृत्युको जाँच गरेका छन् तर अहिलेसम्म यो आत्महत्याको प्रकरण थियो या थिएन भन्ने पत्ता लाग्न सकेको छैन। 

Advertisement

मुम्बई प्रहरीको प्राथमिक जाँचमा सुशान्तले आत्महत्या गरेको पाइएको थियो भने सीबीआईले अहिलेसम्म जाँचबाट आएको नतिजा सार्वजनिक गरेको छैन। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो, यस मामलामा बलिउडमा सक्रिय ड्रग सिन्डिकेटको पहेली जाँच गरिरहेको छ। भने प्रवर्तन निदेशालयले अहिलेसम्म पैसा यताउती भएको बारे केही प्रमाण फेला पारेको छैन। 

सीबीआईको जाँचमा के भयो प्रगति?

सीबीआई सुशान्त सिंह राजपूतले आफ्नो ज्यान स्वयं लिए, या फेरि उनको हत्या भएको हो भन्ने अनुसन्धानमा जुटेको छ। 
सीबीआईलाई सुशान्तको केस जाँच गर्ने जिम्मा सुप्रीम कोर्टबाट लगाइएको थियो। जिम्मा लगाइएको पनि दश महीना बितेको छ तर यो जाँचबाट के निक्लियो? सीबीआईले अहिलेसम्म यो प्रश्नको जवाफ दिएको छैन। 

महाराष्ट्रका पूर्व गृहमन्त्री अनिल देशमुख लगातार सुशान्त केससँग जोडिएको सीबीआईको जाँच रिपोर्ट सार्वजनिक गर्न माग गरिरहेका छन्। 

सीबीआईले यो मामलामा बलीउड अभिनेत्री र सुशान्त की गर्लफ्रेंड रहेकी रिया चक्रवर्ती, सुशान्तका साथी सिद्धार्थ पिठानी, उनका भान्छे नीरज र दीपेश सावंतको बयान लिएको छ। सीबीआईले सुशान्त को हत्या गरिएको थियो? भन्ने पता लगाउन एक समिति बनाएको थियो। समिति को अगुवाई दिल्ली अखिल भारतीय आयुर्विज्ञान संस्थान का फÞरेन्सिक विभाग के प्रमुख डाक्टर सुधीर गुप्ताले गरिरहेका थिए। 

सुशान्तको घरमा क्राइम सीनलाई रीक्रिएट गरिएको थियो।  डाक्टर सुधीर गुप्ताले आफ्नो रिपोर्ट सीबीआईलाई बुझाइसकेका छन्। 

मिडियासँगको कुराकानीमा उनले सुशान्तले आत्महत्या गरेको बारे शरीमा कुनै निशान फेला नपरेको बताएका थिए। 
यस बीच बीजेपीका सांसद सुब्रमण्यन स्वामीले यस केसका बारेमा प्रधानमन्त्री कार्यालयसँग जानकारी मागेका थिए। 

प्रवर्तन निदेशालयको अनुसन्धानमा के पाइयो?

सुशान्तको परिवारले आरोप लगाएका थिए की रिया चक्रवर्तीले सुशान्तको बैंक खाताबाट १५ करोड रुपैयाँ चुपचाप निकालेकी थिइन्। प्रवर्तन निदेशालयले यस केसमा  प्रिवेंशन अफÞ मनी लन्डरिंग एक्टको माध्यमबाट जाँच शुरू गरेको थियो । रिया चक्रवर्तीसँग पूछताछ गरिएको थियो। रियाका प्रबन्धक र सुशान्त के पूर्व हाउस म्यानेजरलाई पनि प्रवर्तन निदेशालयले पूछताछ गरेको थियो।

प्रवर्तन निदेशालयका अधिकारीहरुका अनुसार सुशान्तको बैंक खाता र रिया या उनका परिवारका कुनै पनि सदस्यको बैंक खाताबीच कुनै लेन–देन भएको थिएन। 

नारकोटिक्स कन्ट्रोल ब्यूरोको जाँच

रिया चक्रवर्तीको मोबाइल फोननको जाँच गर्दै प्रवर्तन निदेशालय भनेको थियो कि उसलाई ड्रग्सका बारेमा भएको कुराकानीको पत्ता लागेको थियो। जसका कारण यो प्रकरणमा नारकोटिक्स कंट्रोल ब्यूरोको प्रवेश भएको थियो।

एनसीबीले रिया चक्रवर्तीलाई गरफ्तार गरेर अदालतमा पेश गरेको आरोप पत्रमा नारकोटिक्स कंट्रोल ब्यूरोले भनेको थियो “रियाले ड्रग्स खÞरीद गरेकी थिइन्, उनले सुशान्तको बानीमा पर्दा हाल्ने कोशिश गरेकी थिइन्, उनको व्हाट्सएप च्याटबाट यो बिल्कुल साफ हुन्छ कि उनी ड्रग्स को आपूर्तिको र्‍याकेटसँग जोडिएकी थिइन्।“ 

नारकोटिक्स कंट्रोल ब्यूरो, सुशान्तको मृत्युसँग जोडिएका ड्रग्सको मामलामा अहिलेसम्म ३० भन्दा धेरैलाई गिरफ्तार गरिसकेको छ। गिरफ्तार गरिएका मध्ये रियाका भाइ शौविक पनि छन्। शौविकलाई पनि पछि छोडिएको छ। यसबीच, नारकोटिक्स कंट्रोल ब्यूरोल सुशान्त के फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानीलाई गिरफ्तार गरेको थियो। 

नारकोटिक्स कन्ट्रोल ब्यूरो के महानिरीक्षक समीर वानखेड़ेले सिद्धार्थ फरार भएको र अहिले पक्राउ गरेर अनुसन्धान जारी रहेको बताएका थिए।

सिद्धार्थ पिठानीको गिरफ्तारी महत्वपूर्ण भनिएको छ किनकी जब सुशान्त की मृत्यु भयो त्यतिबेला उनी सुशान्तको फ्ल्याटमा नै थिए। 

यो  केसमा  नारकोटिक्स कन्ट्रोल ब्यूरोले अहिलेसमम् दीपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपूर जस्ता अभिनेत्री तथा अभिनेता अर्जुन कपूरसँग सवाल जवाफ गरेको छ। तर अहिलेसमम् यी बलिउड हस्तीलाई के बारेमा सोधपुछ गरियो र उनीमाथिको आरोप के हो भन्ने बारेमा बताइएको छैन। 

मुम्बई प्रहरीको जाँचमा के थियो?

सुशान्तको मृत्यु एक हाई प्रोफाइल प्रकरण थियो तर सुशान्तले कुनै सुसाइड नोट छोडेका थिएनन्। मुम्बई प्रहरीका उपआयुक्त अभिषेक त्रिमुखेले भनेका थिए “पोस्टमार्टम रिपोर्ट अनुसार सुशान्तको मृत्यु झुण्डिएको कारण श्वास रोकिँदा भएको थियो।“

जुलाईमा फोरेन्सी ल्याबले यो रिपोर्ट प्रहरीलाई दिएको थियो। सुशान्तको भिसेराको नमूना जाँचमा पनि असर पार्ने केही केमिकल वा ड्रग्स जनपाइएको जनाइएको थियो। सुशान्त झुण्डिएको कपडामा दुई सयसम्म तौल थाम्न सक्ने रिपोर्टमा उल्लेख गरिएको थियो। सुशान्त सिंह राजपूतको मृत्युको जाँच पाँच अलग अलग एजेन्सी सहभागी छन् तर अहिलेसमम्पनि उनले आत्महत्या गरेकी होइनन् भन्ने खुलेको छैन। अब यो केसमा सुशान्तका फ्यान र अन्य मानिसले सीबीआइको रिपोर्टलाई कुरिरहेका छन्।