सरकारले नै कामदार पठाउन नसक्दा इजरायलले दिने कोटा बढेन
काठमाडौं : सरकारले इजरायलमा कामदार पठाउन नसक्दा कोटा बढ्न सकेको छैन। इजरायलले ‘केयर गिभर’का लागि नेपाली कामदार मागे पनि नेपाल सरकारले भने पठाउनसमेत सकेको छैन। पहिलो चरणमा इजरायलबाट पाँच सयको कामदार माग भई आए पनि पठाउन नसक्दा थप माग नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। करिब ६ महिनाअघि केयर गिभरमा नेपाली कामदारको माग आएको थियो। इजरायल सरकारको तर्फबाट श्रममन्त्री...