April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमाले इलाम समान्तर कमिटी अध्यक्ष भक्त केसि तीन महिनासम्म निलम्बनमा

3.5K

इलाम । नेकपा एमाले जिल्ला समानन्तर कमिटी गठन गरेका माधव–झलनाथ समुहका नेता भक्त केशि पार्टीको निलम्बनमा परेका छन् । नेकपा एमाले जिल्ला कमिटी इलामका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको बैठकले समानान्तर कमिटी बनाउने केसीलाई तीन महिनासम्म निलम्बन गरेको हो ।

केशिलाई पार्टीको साधारण सदश्यबाट पनि निलम्बन गरिएको एमालेका एक नेताले जानकारी   दिए । बैठकले समानान्तर कमिटी बनाउने एमालेका नेता जेबि फिलिहाङ्ग र हरिवाला राईलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकमा प्रदेश कमिटीमा कारबाहीको सिफारिस गरिएका धु्रब श्रेष्ठले केपि ओली नेतृत्वको नेकपा एमालेमा बस्ने भनि पठाएको प्रष्ठिकरण चित्तबुझ्दो भएकाले कारबाहीको सिफारिस फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी हित विपरित कार्य गरेको भन्दै एमाले समान्नतर कमिटीका जिल्ला अध्यक्ष भक्त केसीलाई एक साता अघि स्पष्टिकरण सोधेको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य मणीकुमार लिम्बु र ध्रुव श्रेष्ठलाई कारवाहीको लागि सिफारिस गरेको थियो । नेकपा ओली समुहको चैत्र २७ गतेको जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बैठकबाट उनीहरुको बारेमा उक्त निर्णय गरेको थियो । एमाले जिल्ला सचिव महेश बस्नेतले प्रेस वक्तव्य जारी गर्दै स्पष्टिकरण र कारवाही सिफारिस बारे जानकारी गराएका थिए ।

Advertisement

माधव–झलनाथ समुहले गत चैत्र २५ गते इलाममा अगुवा कार्यकर्ता भेला एवम ३ सय १ सदस्यीय एमाले जिल्ला कमिटी घोषणा गरेको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लिम्बु र श्रेष्ठसंगै पुर्व सांसद शुकन्तला लेप्चा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

एमाले समानान्तर जिल्ला कमिटीको छुट्टै कार्यालय
प्रधानमंत्री के पी ओलीले स्वेच्छाचारी ढंगले पार्टी कव्जा गर्दै संसदीय लोकतन्त्र समेत धराप पारेको आरोप सहित इलाममा एमाले पार्टी पुन संगठित बनेको हो । एमाले र माओबादी केन्द्र कायमै रहेको सर्वोच्च अदालतको फैसला पछि पनि पार्टीको विधान विपरित ओलीले आफ्नो गुटको आधारमा पार्टी कव्जा गरेको भन्दै माधव नेपाल र झलनाथ खनालको समूहले इलाममा पार्टी पुनर्गठन गरेको हो ।

पुर्व प्रधानमंत्री समेत रहेका पार्टीका बरिष्ठ नेता झलनाथ खनालको जिल्लामा पुराना एवम् स्वच्छ छवि भएका नेता भक्त के सीको अध्यक्षतामा पार्टी पुन गठित भएको हो । नेकपा एमाले जिल्ला कमिटी विस्तारसँगै जिल्ला पार्टी कार्यालय इलाम मालापथको पदम बहादुर देवान मार्गमा कार्यालय स्थापना भइसकेको छ ।

भक्त केसी अध्यक्ष हरिबाला राई सचिव सोम शर्मा उपसचिव रहेको तीन सय एक जिल्ला कमिटि पुनर्गठन भइसकेको जिल्ला सचिवालयले जनाएको छ । यस्तै एक सय एक सदस्यीय जिल्ला सचिवालय समेत गठन भएको छ । कार्यालय सचिवमा अनेरास्ववियुका अध्यक्ष एम बी गुरुड. रहेका छन् ।
जिल्लामा पार्टी पुनर्गठनको रफ्तारसँगै विभिन्न जनवर्गिय र भातृ संगठनहरुको पुनर्गठन समेत भइरहेको बताइएको छ । युवा संघ नेपाल इलामको सम्मेलन आयोजक कमिटिको अध्यक्षमा महेश तिवारी चयन भएका छन् । एक सय एक जिल्ला कमिटि गठन सँगै गाउँ गाउँमा समेत युवा संघ गठनले तिव्रता पाएको बताइएको छ । अनेरास्ववियु सम्मेलन आयोजक कमिटि यस अघि नै गठन भइसकेको छ ।