काठमाडौं । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर–५ पर्वताका देवलाल ठाकुर रहेका छन् ।
प्रहरीका अनुसार श्रीमती अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा महिलाको श्रीमान देवलाल ठाकुरसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।