February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा सवारश्रीमान-श्रीमतीको मृत्यु

380

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवारश्रीमान-श्रीमतीको मृत्यु भएको छ।

प्रहरीका अनुसार को. ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार दिउँसो उनीहरूलाई ठक्कर दिएको थियो।

त्यसक्रममा मोटरसाइकल चालक संखुवासभा धर्मदेवी नगरपालिका–३ बस्ने ३२ वर्षीय युवराज गुरूङ र मोटरसाइकलमा सवार उनकै श्रीमती ३२ वर्षीया टीका गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ऐपेक्स अस्पताल ईटहरी हुँदै बीपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठान घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।