काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिता बहादुर मगर छन् ।
प्रहरीका अनुसार उनले चारजना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको हो ।
पीडितहरूलाई कोरिया पठाउँछु भनेर रकम लिएपछि उनी लामो समयदेखि सम्पर्कविहीन थिए । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।