March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ को मृत्यु, २७ जना बेपत्ता

5.7K

जोहोर । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । मौसम बुधबार अचानक मौसम खराब भई आएको आँधिबेहारीका कारण ढुङ्गा दुर्घटनामा परेको हो । स्रोतका अनुसार मृत्यु भएका र बेपत्ता भएका अधिकांश इन्डोनेसियाका नागरिक रहेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन् ।

हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ । बेपत्ता भएकाहरु जिवितै भेटिने सम्भावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरूले बताएका छन् ।

Advertisement

दुर्घटना मलेसियाको दक्षिणी क्षेत्र जोहोर राज्यमा भएको हो । उक्त क्षेत्रमा बेला बेलामा हुने गरेका छन् । दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु सवार थिए ।