काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुक्कुम्लुङ (पाथीभरा) केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री लेखकले भने, ‘ताप्लेजुङको पाभिरा केवलकार निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ ।’
आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।
‘नो केवलकार’ पक्षले भने वार्ताका लागि विभिन्न सर्तहरू अघि सारेको छ ।