नेम्बाङको स्मृतिमा एमालेले आज सातवटै प्रदेशमा विचार गोष्ठी गर्दै, कोशीको वक्ता बादल
काठमाडौं । संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्बाङको स्मृतिमा नेकपा एमालेले आज सातवटै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्दैछ। संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले गोष्ठीको आयोजना गर्न लागेको हो। गोष्ठीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री...