September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

नेपालको इतिहासमा नेम्बाङको तुलना अन्य कुनै सभामुखसँग हुँदैनः ओली

465

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासमा स्वः सुवासचन्द्र नेम्बाङको तुलना अन्य कुनै सभामुखसँग नहुने बताए । बिहीबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले दिवंगत नेम्बाङ सफल राजनेता भएको बताएका हुन् ।

बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनलेसफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए ।

नेम्बाङले दलिय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताउदै ओलीले भने, ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलिए स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमानदारिता र कानुनको हिसाबले चल्नुपर्छ । आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ । कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’

Advertisement

अध्यक्ष ओलीले नेम्बाङ नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको पनि बताए । उनी सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहेको ओलीको भनाइ थियो ।

उनले भने ‘उहाँ सामुदायिक विद्वेषजस्ता कुराहरूका विरुद्धमा । उहाँले नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो र उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढङ्गले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो ।’