September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भैसकेको छैन: पूर्वराष्ट्रपति भण्डारी

1.2K

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म समाज रुपान्तरणको अभिभारा पूरा भइनसकेको बताइन् । विहीबार मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपालीको’ परिकल्पना पूरा भइनसकेको बताएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भएको छैन । यसको लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रुपले परिवर्तन ल्याउने, समृद्ध नेपाल सुखी नेपालीको जुन परिकल्पना छ,त्यो दायित्व पूरा भइसकेको छैन ।’

यस्तै, उनले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको पनि बताएकी छन् । अहिले राजनीतिक संरचना मात्रै परिवर्तन भएको भन्दै उनले भनिन्, ‘राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर, नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन । केबल शुरुवात भएको छ ।’ उनले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका संभावनाहरु बाँकी नै रहेको बताइन् । ‘हामीले जनताको बीचमा गएर नै ती संभावनाहरुको खोजी गर्नुपर्छ’,उनले भनिन् ।

Advertisement