भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरेको छ । आगलागीपीडित स्थानीयहरूलाई एनआरएनएले अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरेको हो । राहत नगरप्रमुख कैलाश कुमार आलेमार्फत उपलब्ध गराइएको हो । आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्दै भने, ‘पछिल्लो समय नगर...