March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

भोजपूर टक्सारका आगलागी पीडितलाई एनआरएनएद्वारा २५ बण्डल जस्तापाता वितरण

1.4K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोजपुर नगरपालिका–१२ टक्सारस्थित मालबाँसेका आगलागी पीडितहरूलाई राहत प्रदान गरेको छ । आगलागीपीडित स्थानीयहरूलाई एनआरएनएले अस्थायी आवास निर्माणका लागि २५ बन्डल (५ परिवारका लागि) जस्तापाता प्रदान गरेको हो ।

राहत नगरप्रमुख कैलाश कुमार आलेमार्फत उपलब्ध गराइएको हो । आलेले सहयोगी संस्था एनआरएनएलाई पनि धन्यवाद ज्ञापन गर्दै भने, ‘पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।’

संघका अध्यक्ष डा बद्री केसीले संघले विपद्मा परेका टक्सारबासीलाई परेको पीडामा थोरै भएपनि मलम लगाउन पाएको बताए ।

Advertisement

परोपकार तथा मानवीय सहायता विभागमार्फत संघले आगलागीजन्य विपद् प्रभावितका लागि सहयोग सुरु गरेको हो ।