November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल आइसिसी टी–२० विश्वकपका लागि छनोट

630

काठमाडौं । नेपाल आइसिसी टी–२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा टिकट पक्का गरेको हो ।

नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि नेपालले २०२४ र सन् २०१४ को टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

यो छनोटअन्तर्गत सुपर–६ का शीर्ष ३ टोली टी–२० विश्वकपमा पुग्ने प्रावधान छ । जसमा आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान पक्का भएको हो ।

Advertisement

नेपालसँगै घरेलु टोली ओमान पनि टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ ।

सुपर–६ को बाँकी दुई खेलअघि शीर्ष स्थानको ओमान र दोस्रो स्थानको नेपालको ६–६ अंक छ । अब अर्को एक टोलीले मात्र ६ अंक जोड्न सक्ने भएपछि नेपाल र ओमान विश्वकपमा पुगे ।

नेपाल र ओमानबीच प्रतिस्पर्धा सुरु भएको छ । खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा लोकेश बमलाई मौका दिइएको छ भने आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, गुल्सन झा, आदिल अन्सारी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछानेले आजको खेल खेल्ने छन् ।

आज ओमानसँग खेलेपछि नेपालले अन्तिम खेलमा शुक्रबार सामोआ खेल्नेछ । ओमानले भने अन्तिम खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

अब युएई र जापानमध्ये एक टोली एसियाबाट विश्वकपमा पुग्नेछ । जापान र युएईबीचको निर्णायक खेल भोलि हुँदैछ । जापानका लागि भोलिको खेल जितेर मात्र पुग्दै अन्तिम खेलमा ओमानलाई समेत हराउनु पर्छ । युएईलाई जापानलाई हराउनुको विकल्प छैन ।