March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

नेपालका तीन युवा क्रिकेटरले भारतमा एक महिना प्रशिक्षण गर्ने

990

काठमाडौं । नेपालका तीन युव क्रिकेटरले भारतमा एक महिनाको व्यावसायिक प्रशिक्षण गर्ने भएका छन् ।

नेपालको यू–१९ टोलीका खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले १५ जुलाई देखि १४ अगस्ट २०२५ सम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिना लामो व्यावसायिक प्रशिक्षण कार्यक्रममा भाग लिने भएका हुन् ।

pin up pinup

नेपाली क्रिकेटरले भारतीय दूतावास काठमाडौंको पहलमा युवा प्रशिक्षणमा गर्न जान लागेका हुन्।

Advertisement

दूतावासले व्यावसायिक एक्सपोजरले खेलाडीहरूको सीपमा उल्लेखनीय वृद्धि गर्ने र नेपालको क्रिकेट आकांक्षामा योगदान पु¥याउने अपेक्षा गरेको छ ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र आज नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितिमा खेलाडीहरूसँग भेटघाट र अन्तरक्रिया गरिएको थियो ।