काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप लिग–२ सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । युएईमा जारी खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।
अमेरिकाले नेपालले दिएको २७२ रनक लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा ग¥यो ।
खेलमा अमेरिकाका लागि साइतेजा मुक्कमल्लले ६६ बलमा २ चौका र १ छक्का हान्दै सर्वाधिक ७५ रन बनाए भने ओपनर सायन जहांगिरले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।
यस्तै, समित पटेलले १६, मोनांक पटेलले २१, शुभम रञ्जनेले १९ रनको योगदान गरे। सञ्जय कृष्णमुर्ति १५ र हर्मित सिंह १३ रन जोडेर नट आउट रह े।
बलिङतर्फ सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, करण केसी र गुल्सन झाले एक÷एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले खेलको अन्तिम ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै करण केसीले ३२ बलमा २ चौका र ३ छक्का हानेर ४९ रन जोडे भने ओपनर कुशल भूर्तेलले ६५ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए ।
भीम सार्कीले ५८ बल खेलेर ४ चौकाको मद्धतले ४३ रनको योगदान गरे भने कप्तान रोहित पौडेलले ४६ बलमा २ चौका हानेर ३६ रन जोडे ।
बलिङतर्फ अमेरिकाका हर्मित सिंहले ३, शौरभ नेत्रभल्कर र नोस्तुस केन्जिगेले २÷२ तथा जसदीप सिंह र शुभम रन्जनेले एक÷एक विकेट लिए ।
युएईमा जारी सिरिजमा नेपालले अहिलेसम्म तीन खेल खेलेकोमा तीनै खेलमा पराजय ब्यहोरेको छ ।
अब नेपालले नोभेम्बर ५ मा युएईसँग खेलेपछि स्वदेश फर्कनेछन् ।