काठमाडौं । नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । नेपालले दिएको १७१ रनको लक्ष्य पाएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो ।
खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए ।
यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो ।
अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ ।