April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

अमेरिकालाई नेपालको १७१ रनको लक्ष्य

615

काठमाडौं । दोस्रो टी-२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अर्धशतकमा ६ विकेटको क्षतिमा १७० रन जोडेको हो ।

नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोडे भने अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए।

Advertisement

गुल्सन झाले १२ बलमा १९ रन बनाउदा कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडे । दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के। करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए।

सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ।