March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

एसिसी एसिया कप: नेपाल भारतसँग पराजित

1.5K

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएको छ । मंगलबार श्रीलंकाको दाम्बुला रंगशालामा नेपालले भारतसँग ८२ रनको फराकिलो अन्तरको हार बेहोरेको हो।

पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

pinup pin up pin up pinup

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र जोड्न सक्यो।

Advertisement

नेपालका लागि सीता रानामगरले १८ रन,  कप्तान इन्दू वर्माले १४ रन र रुबिना क्षेत्रीले १५ रनको योगदान गरे। यस्तै विन्दू रावलले नटआउट १७ रन जोडिन्। 

बलिङमा भारतकी दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुन्धती रेडी र राधा यादवले २-२ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा १७८ रन जोडेको थियो।