March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

एसिया कपमा जितका लागि नेपालले पायो ११६ रनको लक्ष्य

1.8K

काठमाडौं । एसिया कपमा युएईविरुद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ । श्रीलङ्कास्थित दाम्बुला क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।

युएईका लागि खुसी शर्माले सबैभन्दा बढी ३६ रन बनाइन् । नेपालकी कप्तान इन्दू वर्माबाट क्याच हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन् ।

pinup pin up pin up pinup

त्यसअघि नेपालले युएईकी ओपनर तथा कप्तान इशा ओजालाई दोस्रो ओभरमा १० रनमा रनआउट गरेको थियो भने अर्की ओपनर तिर्था सतिथलाई नेपालकी कप्तान इन्दू वर्माले आउट गरिन् ।

Advertisement

त्यसअघि सबनम राईले रिनथा रजितलाई ६ रनमा पेभिलियन फर्काएकी थिइन्। सामिरालाई कप्तान इन्दूले १३ रन र किभिसालाई कृतिका मरासिनीले २२ रनमा आउट गरे।

बलिङमा कप्तान इन्दूले ३ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए। नेपालले युएईका दुई ब्याटरलाई रनआउट ग¥यो।

नेपाली टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, इन्दू वर्मा (कप्तान), कविता कुँवर, कविता जोशी, पूजा महतो, विन्दू रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेटकिपर), कृतिका मरासिनी र सबनम राई रहेका छन् ।

नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गरेको हो।