काठमाडौं । एसिया कपमा युएईविरुद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ । श्रीलङ्कास्थित दाम्बुला क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो ।
युएईका लागि खुसी शर्माले सबैभन्दा बढी ३६ रन बनाइन् । नेपालकी कप्तान इन्दू वर्माबाट क्याच हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन् ।
त्यसअघि नेपालले युएईकी ओपनर तथा कप्तान इशा ओजालाई दोस्रो ओभरमा १० रनमा रनआउट गरेको थियो भने अर्की ओपनर तिर्था सतिथलाई नेपालकी कप्तान इन्दू वर्माले आउट गरिन् ।
त्यसअघि सबनम राईले रिनथा रजितलाई ६ रनमा पेभिलियन फर्काएकी थिइन्। सामिरालाई कप्तान इन्दूले १३ रन र किभिसालाई कृतिका मरासिनीले २२ रनमा आउट गरे।
बलिङमा कप्तान इन्दूले ३ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए। नेपालले युएईका दुई ब्याटरलाई रनआउट ग¥यो।
नेपाली टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, इन्दू वर्मा (कप्तान), कविता कुँवर, कविता जोशी, पूजा महतो, विन्दू रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेटकिपर), कृतिका मरासिनी र सबनम राई रहेका छन् ।
नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गरेको हो।