March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

ग्लोबल टी-२० प्रतियोगिता नेपालका तीन क्रिकेटरले खेल्ने

1.2K

काठमाडौं । क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता नेपालका तीन क्रिकेटरले खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी-२० खेल्ने भएका हुन् ।

जसमा रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका छन्।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ ।

Advertisement

यो ग्लोबल टी-२० को चौथो सिजन हो । यसअघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।