May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए जापानद्वारा तेक्वान्दो खेलाडीहरूलाई सम्मान

620

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले तेक्वान्दो खेलाडीहरूलाई सम्मान गरेको छ । एनआरएनएल २०औं जापान वाता अन्तर्राष्ट्रीय तेक्वान्दो च्याम्पियनसिप जापानको ओसका सहरमा भाग लिन आएका खेलाडीहरूलाई सम्मान गरेको हो ।

चौबीस देशको सहभागिता रहेको उक्त तेक्वान्दो प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ३ कास्य पदक हासील गर्न सफल भएको छ।

कार्यवाहक राजदूत अम्बिका जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा खेलाडीहरू, पत्रकार, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

२०औं जापान वाता अन्तरास्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण पदक विजेता सुष्मा श्रेष्ठ, रजत पदक बिजेताहरू निरज देउवा, राहुल कुमाल, वीरबहादुर महरा, रौनक गिरी, शानी राना मगर र श्रीकृष्ण खड्का तथा कांस्य पदक विजेता टारजन कायत मगर, युकेश थापा मगर र धनबहादुर तामाङलाई सम्मान गरिएको हो । यस्तै, कोर्ट लिडर अन्तर्राष्ट्रीय रेफ्रि राजु क्षेत्री र अशोक खड्क, रेफ्रि काजल श्रेष्ठलाई पनि सम्मान गरिएको एनआरएनए जापानले जनाएको छ ।