May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए जापान नयाँ पदाधिकारी चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिगं तरिका सहित)

1.6K

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नयाँ कार्यसमिति २०२३–२५ चयनका लागि आईतबार अनलाईन भोटिंगमार्फत निर्वाचन हुदैछ । निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ ।

अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलोपटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन् ।

अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलता पुर्बक प्रयोग भईसकेको भेरो भोटिङ्ग प्रणालीमा सबै भन्दा धेरै सहभागिता जनाएकोले यसपटक जापानमा समेत यसले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Advertisement

बिहान १० बजेबाट सुरु हुन गईरहेको निर्वाचन बेलुका ७ बजे समापन हुनेछ भने लगतै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक पौडेलले जानकारी दिए ।

यसरी गर्नुहोस् भोट (लिंक सहित) https://vimeo.com/846520569