January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

वेस्ट इन्डिजले नेपाललाई दियो २ सय ५ रनको लक्ष्य

1.1K

काठमाडौं । टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ ले जितका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन जोडे । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए । 

Advertisement

त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।

शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।