May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

एसीसी प्रिमियर कप: यूएईसँग नेपाल पराजित

470

काठमाडौं । एसीसी प्रिमियर कप सेमिफाइनलको खेलमा नेपाललाई युएईले पराजित गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएसँगै नेपालको प्रिमियर कपको फाइनल खेल्ने सपना सकिएको छ । 

यूएईविरुद्ध खराब ब्याटिङ गरेको नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १६ बल अगावै ४ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालले अब टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा वेष्ट इन्डिजसँग पाँच खेलको टी–२० सिरिज खेल्नेछ।

Advertisement