April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल यूएईसँग खेल्दै

1K

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल यूएईसँग खेल्दै छ । खेल आज बिहान पौने १२ बजे हुनेछ ।

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । दुईबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ ।

Advertisement

विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल भोली शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।