April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

आइसिसी क्रिकेट विश्वकप: नेदरल्यान्ड्ससँग नेपालको हार

२०८० फाल्गुन १३

1.7K

काठमाडौं । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला टुंगाएको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित ग¥यो ।

खेलमा नेपालले नेदरल्यानड्लाई दिएको १ सय ७३ रनको सामान्य लक्ष विक्रमजित सिंह र सिब्रान्ड इन्गेलब्रेक्टले तेस्रो विकेटमा १ सय २ रनको अविजित साझेदारी गरेपछि उक्त लक्ष ३७.४ ओभरमै पुरा गरेको हो । विक्रमजितले ९२ बल खेली ७ चौकाका साथ ५८, इन्गेलब्रेक्टले ७५ बल खेली ३ चौका प्रहार गरे ।

म्याक्स ओ डड र माइकल लेभिटले ६१ रनको साझेदारी गरे । दीपेन्द्रसिंह ऐरीको बलमा इन साइड एज लागेर नवौं ओभरमा बोल्ड भएका लेभिटले ३४ बल खेली ३ चौका र ४ छक्काका साथ ३९ रन बनाए । ओ डडलाई ललित राजवंशीले आउट गरे । उनले २६ बल खेली समान २ चौका र छक्काका साथ २८ रन बनाए ।

Advertisement

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल ४९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भएको थियो ।