April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसीसी महिला प्रिमियर कप: कुवेतलाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश

1.3K

मलेसिया । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा कुवेतको तर्फबाट ५० रनको लक्ष पाएको नेपालले ३१ बल अगावै पूरा गरेर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

Advertisement

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेका थिएनन् ।

कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् ।

रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।