March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

एसीसी वुमन्स प्रिमियर कप: कुवेतले नेपाललाई ७४ रनको लक्ष्य

1.4K

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप अन्तर्गतको क्वार्टरफाइनलमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

यूएसडी-यूकेएम क्रिकेट ओभल बाँगीमा भएको खेलमा कुवेतकी ओपनर ब्याटर प्रियदा मुरलीले सर्वाधिक २९ रन बनाइन् भने शान्थी बालासुब्रमनियनले र खादिजा खालीले १३-१३ रन जोडे । मार्यम ओमार, अम्ना सरिफ तरिक र मर्य्याम शेख शून्य रनमा आउट भए । बाँकी ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

कुवेतलाई ७३ रनमा सीमित गर्ने क्रममा नेपालकी सीता रानामगरले ह्याटिक विकेट लिइन् । उनले कुवेतका प्रियदा मुरली, मार्याम ओमार र अम्ना सरिफलाई आउट गरिन् ।

Advertisement

यस्तै नेपालको तर्फबाट कविता कुँवर र रुविना क्षेत्रीले २-२ विकेट लिए । सीता रानामगरले ४ ओभरमा ११ रन खर्चिँदै ३ विकेट लिइन् ।