April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसिसी वुमेन्स प्रिमियर कप: माल्दिभ्सलाई हराउँदै नेपाल बन्यो समूह विजेता

1.9K

मलेसिया । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सलाई हराएको छ । मंगलबार मलेसियामा भएको एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित हासिल गरेको हो।

नेपालको जितका लागि रूबिना क्षेत्रीले सतक प्रहार गरिन् भने पुजा महतोको अर्धशतक प्रहार गरिन् ।

नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई जवाफी ब्याटिङमा नेपालले १३.५ ओभरमा १० रनमै अलआउट गरेको थियो।

Advertisement

माल्दिभ्सलाई अलआउट गर्न अश्मिना कर्माचार्यले चार विकेट र पुजा महत, रूबिना क्षेत्रीले ३ विकेट लिए।  

नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो। दुई खेल जितिसक्दा नेपाल यसअघि नै अन्तिम आठमा पुगिसकेको छ। आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ।