March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज: नेपालद्वारा क्यानडा ७ रनले पराजित

1.2K

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनले पराजित गरेकोछ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।

नेपालको जितका लागि रोहितकुमार पौडेलले ४ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको थियो ।

Advertisement

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।
आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।