March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

आईसीसी यू–१९ विश्वकप: नेपालले पहिलो खेल न्यूजील्याण्डसँग खेल्दै

1K

काठमाडौं। दक्षिण अफ्रिकामा जारी आईसीसी यू– १९ विश्वकप अन्तर्गत आज नेपालले पहिलो खेल न्यूजील्याण्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार अपराहन्न १ः ४५ बजेदेखि सुरु हुने छ ।

प्रतियोगितामा नेपालसहित १६ वटा टोलीले सहभागिता जनाएका छन् । नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालसँगै समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्ड रहेका छन् ।

नेपालले विश्वकपमा पहिलो खेल आज न्युजिल्याण्डसँग खेल्नेछ भने जनवरी २४ तारिखमा दोस्रो खेल पाकिस्तानसँग र जनवरी २७ तारिखमा अफगानिस्तानसँग तेस्रो खेल खेल्ने छ ।

Advertisement

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।