April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसीसी १९ मा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै

1.8K

काठमाडौं । दुबईमा हुने एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुवै खेल बिहान सवा ११ बजे हुनेछ ।

हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ ।

Advertisement

प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।