काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्यानको केन्द्रीय निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका चन्दले तीन महिनाभित्र क्रिकेटको घरेलु संरचनालाई बदल्ने बताएका छन् । निर्विरोध निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको नेपाली टोलीलाई त्यही स्तरमा पु¥याउन धेरै चुनौती रहेको पनि बताए ।
अध्यक्ष चन्दले भने, ‘पहिलो तीन महिनाभित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौं अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ ।’
उनले अघिल्लो कार्यकाल भन्दा यसपटक केही नयाँ काम गर्ने अठोट पनि गरेका छन् ।