April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

क्यानको सचिव पदमा पारस खड्का निर्वाचित

1.2K

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको क्यानको केन्द्रीय चुनावमा खड्काले प्रशान्त मल्ललाई हराउँदै विजयी भएका हुन् ।

निर्वाचनमा कुल ८५ मत खसेकोमा पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत प्राप्त गरे । खड्का अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

Advertisement