April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

क्यानद्धारा नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान

1.2K

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान गरेको छ । बिहीबार साधारणसभा तथा अधिवेशनका क्रममा रक्षा तथा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफी खेलेको नेपाली राष्ट्रिय टोलीलाई सम्मान गरेको हो ।

क्यानले पहिलो नेपाली टोलीका कप्तान उत्तम कर्माचार्य, उपकप्तान एलबी क्षेत्री, मनीषराज पाण्डे, पवन अग्रवाल, मुसरफ इजहार, वसन्त शाही, रितेश बराल, पुकार पन्त, जगत टमाटा, सञ्जय गुरुङ, विशाल गुप्ता र प्रशिक्षक सुनोज भट्टराईलाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । कार्यक्रममा राजु खड्का र भेट्रान्स कप खेल्न पाकिस्तान गएका किरण राणा अनुपस्थित रहे । विकेटकिपर गणेश शाहीको १० वर्षअघि निधन भइसकेको छ ।

साधारणसभाकै क्रममा क्यानले पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पनि सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको थियो ।

Advertisement

क्यानको निर्वाचन आज हुँदै छ । आज हुने क्यानको शनिबार साधारणसभाले चार वर्षका लागि १७ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

क्यानले बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरेको छ । विधान र नियमअनुसार ८६ जना मतदाता हुनुपर्नेमा विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।

चुनावी प्रक्रिया आज बिहान ८ः १५ सुरु हुनेछ ।